HomeFeatureकोरोनाबाट थप ११ जनाको मृत्यु, योसँगै नेपालमा ज्यान गुमाउनेको संख्या ५...

कोरोनाबाट थप ११ जनाको मृत्यु, योसँगै नेपालमा ज्यान गुमाउनेको संख्या ५ सय ९ पुग्यो

काठमाण्डौ, 1 अक्टूबर 2020

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ५ सय नाघेको छ। आज थप ११ जना मृतक थपिएसँगै नेपालमा कुल मृतकको संख्या ५ सय ९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० पुरुष र एक महिला गरी ११ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार बाँकेमा ३४ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ। यस्तै काठमाडौं उपत्यकामा चारजना संक्रमितको मृत्यु भएको छ। काठमाडौंमा ७८ र ६८ वर्षिय पुरुष, भक्तपुरमा ४८ वर्षिय र ललितपुरमा ४८ वर्षिय पुरुषको मृत्यु भएको छ। यस्तै सुनसरी र रुपन्देहीमा ३ / ३ जनाको मृत्यु भएको छ। सुनसरीमा ५६, ५० र २७ वर्षिय पुरुषको मृत्यु भएको छ। रुपन्देहीमा ८०, ५५ र ४२ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आज १ हजार ९ सय ११ जनामा संक्रमण देखिएको छ। आज देशभरी १ हजार ९ सय ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन। १२ हजार ४ सय ४४ पीसीआर परीक्षण भएकोमा ६ सय २८ र पुरुष १ हजार २ सय ८३ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा ८ सय १७, ललितुरमा ६८ र भक्तपुरमा ५८ जनामा संक्रमण देखिएको छ।

संस्थागत आइसोलेनमा प्रदेश नम्बर १ मा ४ सय १३, प्रदेश नम्बर २ मा ५ सय ९२, बागमती प्रदेशमा ७ हजार ६ सय ८८ र गण्डकी प्रदेशमा ४ सय ८१ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ सय ६३, कर्णाली प्रदेशमा ३ सय ३६ र सुदुरपश्चिम प्रदेशमा ३ सय ८८ गरी देशभरी १० हजार ७ सय ६१ जना रहेका छन ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ६ सय, प्रदेश नम्बर २ मा ५ सय ८३, बागमती प्रदेशमा ६ हजार ६ सय ४७ र गण्डकी प्रदेशमा ५ सय ३२ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ८१, कर्णाली प्रदेशमा २ सय ६५ र सुदुरपश्चिम प्रदेशमा १ सय ६१ गरी देशभरी ११ हजार ६९ जना होम आइसोलेसनमा रहेका छन ।

आज ९ सय ६१ डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ५ हजार १ सय २४, प्रदेश नम्बर २ मा १३ हजार ८ सय ९८, बागमती प्रदेशमा १६ हजार ९० र गण्डकी प्रदेशमा ३ हजार ३ सय ७९  जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ हजार ९ सय ११, कर्णाली प्रदेशमा २ हजार ९ सय ६८ र सुदुरपश्चिम प्रदेशमा ७ हजार १९ जना गरी आजसम्म ५७ हजार ३ सय ८९ जना डिस्चार्ज भएका छन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...