HomeFeatureकोरोना खोपको व्यवस्था गर्न उद्योगीहरुको माग

कोरोना खोपको व्यवस्था गर्न उद्योगीहरुको माग

काठमाण्डौं, 3 अगस्त, 2021

सुनसरीका उद्योगीहरुले तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन ।उद्योगधन्दा संचालनका लागि आवश्यक वातावरण बनाउन पनि सरकारले तत्काल आफूहरुको उद्योगमा काम गर्ने श्रमिकहरुका लागि पहिलो प्राथमिकतामा राखेर खोप उपलब्ध गराउन रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका कर्मचारी प्रशासन प्रमुख महेश पोखरेलले सरकारसँग माग गर्नु भयो । उहाँले निर्यात व्यापारका लागि, मुलुक मित्रै रोजगार सृजना गर्न पनि उद्योगधन्दा चाहिने भएपनि सरकारले उद्योगहरुमा काम गर्ने वातावरण निर्माणका लागि कोरोना विरुद्धको खोपको व्यवस्था अझै मिलाउन नसकेको भन्दै दुःख समेत व्यक्त गर्नु भयो । पहुँचवाला मान्छेलाई खोप दिने सरकारले उद्योगमा काम गर्ने श्रमिकहरुलाई सो व्यवस्था गर्न नसकेकोमा कर्मचारी प्रशासन प्रमुख पोखरेलको आपत्ति छ ।सुनसरीको दुहवी–खनार लाईनमा मात्रै तीन दर्जनभन्दा बढि उद्योगहरु छन । तर ती उद्योगहरु संचालनको वातावरण बनाउन पनि सरकारले तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था गर्नुपर्ने उद्योगीहरुको भनाई छ । मान्छेहरुको धेरै चलखेल हुने उद्योगहरुमा खोपको आवश्यक व्यवस्था मिलाए कोरोना संक्रमणको दरसमेत कम हुने एशीयन थाई फुड्स प्रा.लि.का महाप्रबन्धक समिर साहले बताउनु भयो । उहाँले उद्योग, व्यवसायका श्रमिकहरुलाई प्राथमिकताका साथ कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न ढिलाई गर्न नहुनेतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।कोरोनाको तेस्रो लहरको जोखिम बढेसँगै त्यहाँका उद्योगीहरुमा त्रास बढाएको छ । यता, स्थानीय प्रशासनले भने खोपका लागि ताकेता गरेपनि उपलब्ध गराउन नसकिएको प्रतिक्रिया दिएको छ । सरकारले समयमै कोरोनाविरुद्धको खोपको व्यवस्था नगरेपछि त्यहाँका उद्योगी, व्यवसायीहरु आफ्नो व्यवसाय संकटमा पर्ने अवस्था आएको उल्लेख गर्दै चिन्तित भएका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...