काठमाडौँ, २६ फरवरी, २०२०
कोरोना भाईरसको संक्रमण बढेपछि दक्षिण कोरियामा अब नेपालबाट कामदार पठाउन रोकिएको छ ।
चीनदेखि कोरिया नजिक भएकाले पनि कोरोनाको असर बढी देखिएको हो । चीनभन्दा कोरियामा कोरोनाको असर तीव्रगतिमा फैलिएका कारण त्रास फैलिएको छ ।
परिस्थिति सामान्य नभएसम्मलाई तत्काललाई कोरियामा कामदार पठाउन स्थगित हो । मन्त्रालयले सरोकारवालासँग छलफल गरी तत्कालका लागि कामदार नपठाउने जनाएको हो ।
ईपीएस कोरिया शाखा र कोरियाको रोजगारदाता कम्पनीले समेत केही दिनअघिदेखि करार सम्झौता भइसकेका कामदारको टिकटको समय सार्दै आएका थिए। कोरियाको थेगु सहरमा कोरोना भाइरस भेटिएपछि नेपालले कामदार पठाउन रोकेको हो ।









































