नयाँदिल्ली, १९ फरवरी, २०२०
चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या दुई हजार कटेको छ । चीनमा मंगलबार साँझसम्म एक सय ३६ मानिसको ज्यान गएको तथ्यांकसँगै मर्नेको संख्या दुई हजार कटेको हो ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बुधबार सार्वजनिक गरेको रिपोर्टमा चीनमा मात्र मर्नेको संख्या दुई हजार चार पुगेको हो । सबैभन्दा बढी हुबई प्रान्तमा मानिसहरुको ज्यान गएको छ । हुबईमा मात्र साँढे १७ सयको ज्यान गइसकेको छ ।
सन् २०१९ को अन्ततिर चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोना भाइरस विश्वको २५ भन्दा बढी देशमा देखिएको छ । चीनमा सबैभन्दा बढी संक्रमित फेला परेका छन् ।









































