नयाँदिल्ली, ५ मार्च, २०२०
कोरोना भाइरसको प्रभावले भारत सरकारले पनि आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी (यात्रा चेतावनी) जारी गरेको छ । भारतीय स्वास्थ्य मन्त्री हर्षवर्धनले जानकारी गराएका हुन् ।
चीनको वुहान शहरबाट फैलिएको कोरोनाको संक्रमणबाट हडबडाउनुको साटो सतर्कता जरुरी रहेको भन्दै उनले जरुरी छैन भने विदेश यात्रामा नजान आफ्ना मुलुकका नागरिकलाई आग्रह गरेका हुन् ।
भारतको ट्राभल एडभाइजरीपछि अब नेपाल आउने भारतीय पर्यटकको संख्यामा ठूलो कटौती हुनेछ । चीनबाट फेब्रुअरीमै पर्यटक आगमन ८० प्रतिशतभन्दा कम भएको थियो । नेपालमा सबैभन्दा धेरै पर्यटक भारतबाट आउँछन् । दोस्रो स्थानमा चीन रहेको छ ।
अब भारतले लगाएको एडभाइजरीपछि भारतबाट आउने पर्यटकसमेत घट्दा यसले नेपाली पर्यटन क्षेत्रमा भने ठूलो प्रभाव पार्नेछ । यसअघि भारतले चीन पुगेर भारत र्फकने सबै मुलुकका नागरिकलाई ‘इ(भिसा’ सुविधा बन्द गरेको थियो ।









































