नयाँदिल्ली, २० मार्च, २०२०
पछिल्लो समयमा कोरोना भाईरस विश्वभरी महामारीको रुपमा फैलिरहेको छ । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न दुवै देशका अधिकारीको सहमतिमा सीमामा कडाइ गरिएको हो । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न नेपालको पश्चिमी सीमामा कडाइ गरिएको छ ।
बनबासा र महेन्द्रनगरको बाटो प्रयोग गर्दै दुवै देशका नागरिक जुनसुकै स्थानमा पनि आउजाउ गर्न पाउथे । यस्तै सबै चारपाङ्ग्रे सवारीमा समेत रोक लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीका अनुसार नेपाली नागरिकलाई भारतीय पक्षले सीमावर्ती सहर बनबासा र भारतीयलाई नेपाल पक्षले महेन्द्रनगरबाहेक अन्य स्थानमा जान पूर्ण रुपमा रोक लगाएको छ ।
तर मोटरसाइकल भने चल्न पाउनेछन् । बनबासा नाका भएर दैनिक सयौं नेपाली रोजगारीका लागि भारत जाँदै आएका थिए ।अब कुनै काम विशेषले बनबासासम्म गए पनि त्यहाँबाट अन्त जान भने दिइने छैन । बनबासा–महेन्द्रनगर आवतजावत गर्ने दुवै देशका नागरिकको स्वास्थ्य जाँच समेत सीमा क्षेत्रमा हुँदै आएको छ ।









































