HomeFeatureकोरोना भाइरसले चिनियाँ खेल जगतमा ठूलो असर

कोरोना भाइरसले चिनियाँ खेल जगतमा ठूलो असर

नयाँदिल्ली,३१ जनवरी
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले गर्दा अहिले विश्व त्रसित छ । चीनलगायत छिमेकी मुलुक हुँदै अस्ट्रेलिया, अमेरिका, युरोपसम्म कोरोना भाइरस संक्रमित मानिस भेटिइसकेका छन् । यसबाट विश्व मानव जगत त्रसित त छँदैछ । जनजीवनसँगै खेलकुद जगत पनि कोरोना भाइरसको संक्रमणबाट टाढा रहन सकेको छैन ।
चिनियाँ अधिकारी र विश्व स्वास्थ्य संगठनलगायत सम्पूर्ण सरोकारवाला कोरोना भाइरसको संक्रमण रोक्नेतर्फ तल्लीन छन् ।

कोरोना भाइरसले फुटबल क्षेत्रमा पारेको प्रभाव

कोरोना भाइरसले महामारीको रूप लिएपछि चीनमा हुने फुटबल खेलहरूको स्थान सारिएको छ। कतिपय स्थानमा खेलको तालिका नै स्थगित गरिएको छ ।

विश्व प्रसिद्ध खेलाडीको उपस्थिति रहने चाइनिज सुपर लिगअन्तर्गत फेब्रुअरी ५ मा हुने तय भएको ग्वान्जाओ एभरग्रान्ड र सान्घाई सेन्हुवाबीचको खेल स्थगित भइसकेको छ।

त्यस्तै एएफसी च्याम्पियन्स् लिगअन्तर्गत हुने चीनको सांघाई एसआइपिजी र थाइल्यान्डको बुरिराम युनाइटेडबीच जनवरी २८ मा हुने भनिएको खेल पनि स्थगित भएको छ । एएफसीले चीनका चार क्लबहरू बेइजिङ, सांघाई सेन्हुवा, ग्वान्जाओ एभरग्रान्ड र सांघाई एसआइपिजीले पहिले ‘अवे’ खेल खेल्नुपर्ने जानकारी गराएको छ ।

चिनियाँ फुटबल संघले राज्यका उच्च अधिकारीसँगको छलफलपछि फेब्रअरी २२ बाट सुरु हुने चाइनिज सुपर लिग २०२० सिजन पनि अनिश्चित कालका लागि स्थगित गरेको छ । यो अनिश्चितताले सामान्य जीवनयापनसँगै लिगमा उपस्थित हुने विदेशी स्टार खेलाडीको बहिर्गमन र आगमनमा पनि ठूलो प्रभाव पारेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...