HomeFeatureकोरोना भाइरसले चीनमा २५ को ज्यान लियो

कोरोना भाइरसले चीनमा २५ को ज्यान लियो

 

नयाँ दिल्ली, २४ जनवरी
कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । संक्रमणबाट जोगिन चीनको संक्रमित क्षेत्रमा मास्क सबैले लगाउनुपर्ने अनिवार्य गरिएको छ ।यो भाइरसका कारण यसअघि १९ को मृत्यु भएको थियो भने अहिले बढेर २५ पुगेको हो ।

कोरोना संक्रमणबारे जानकारी दिँदै चिनियाँ अधिकारीहरूले २५ को ज्यान गएको र ८ सय ३० नागरिक यसबाट प्रभावित भएको जनाएका छन् ।

चीनको नेसनल हेल्थ कमिसनका अनुसार कोरोना भाइरस संक्रमित १ सय ७७ जनाको अवस्था गम्भीर छ । संक्रमितमध्ये ३४ जना भने अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् ।

ज्यान गुमाउने अधिकांश हुवेईका रहेको बीबीसीले जनाएको छ ।

संक्रमण थप फैलने चिन्ता

भाइरसको संक्रमण थप फैलन नदिन चीन सरकारले वुहानलगायतका क्षेत्रको हवाई र सवारी यातायात सञ्चालनमा रोक लगाएको छ । उसले नजिकिँदो नयाँ वर्षमा संक्रमित क्षेत्रका मानिसलाई घरबाट ननिस्कन र बाहिरका मानिसलाई संक्रमित क्षेत्र नजान भनेको छ ।

बेइजिङ र हङकङले भने नयाँ वर्ष मनाउनका लागि तय गरिएका केही ठूला कार्यक्रमहरू रद्द गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...