नयाँ दिल्ली, 9 फरवरी 2020
चीनमा फैलिएको कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या 811 पुगेको छ । आइतबार जारी गरिएको आधिकारीक जानकारीका अनुसार नयाँ कोरोना भाइरस प्रकोपले 2002-2003 मा फैलिएको सार्स कोरोना भाइरस प्रकोपको रेकर्ड तोडेको छ । चीनबाटै शुरु भएको सार्स कोरोना भाइरसका कारण वैश्विक रुपमा 7 सय 74 जनाको मृत्यु भएको थियो । अहिले चीनको राष्ट्रीय स्वास्थ्य आयोगका आनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 37 हजार 198 पुगेको छ । कोरोना भाइरस प्रकोपको शुरुवात भएको हुबेई प्रान्तमा पछिल्लो 24 घण्टामा 89 जनाको मृत्यु र 2 हजार 6 सय 56 जना नयाँ संक्रमित भेटिएका छन । चीन बाहिर भने अहिलेसम्म 2 जनाको मात्रै मृत्यु भएको छ । एक जनाको ज्यान हङकङमा गएको हो भने अर्कोको ज्यान फिलिपिन्समा गएको हो ।









































