पोखरा, ५ फरवरी,२०२०
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कोरोना भाइरस नरहेको बताएका छन् ।
कोरोना भाइरसको अनावश्यक बढी हल्ला हुँदा नेपाल पर्यटन भ्रमण वर्षलाई ठेस पुगेको उनले बताए ।
पोखरामा पर्वतारोहण संघले गरेको शान्ति पूजाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले उत्साह, उच्च आकांक्षा लिएर नेपाल पर्यटन भ्रमण वर्ष मनाइरहेको अवस्थामा कोरोनाले ठेस र्पुयाएको बताएका हुन् ।
कोरोना भाइरस चीन सरकारले चामत्कारिक हिसाबले अस्पताल बनाउने र भ्याक्सिन पत्ता लगाउने प्रक्रिया अगाडि बढाइसकेकोले चीनमा पनि छिट्टै नियन्त्रण हुने उनले बताए ।
नेपालमा कोरोनाबाट त्रसित हुनुपर्ने अवस्था छैन भन्ने सन्देश विश्वसमुदायलाई दिनुपर्ने उनले बताए ।









































