HomeFeatureकोरोना भाइरस विरुद्ध लड्न आपतकालिन कोष निर्माणका लागि सार्क राष्ट्रहरु समक्ष भारतको...

कोरोना भाइरस विरुद्ध लड्न आपतकालिन कोष निर्माणका लागि सार्क राष्ट्रहरु समक्ष भारतको प्रस्ताव

काठमाण्डौँ, 15 मार्च 2020

कोरोना भाइरस (कोभिड—१९) विरुद्ध लड्न आपतकालिन कोष निर्माणका लागि भारतले सार्क राष्ट्रहरु समक्ष प्रस्ताव राखेको छ। दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) राष्ट्रका प्रमुखहरुसँगको भिडियो कन्फ्रेन्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालिन कोष स्थापनाका लागि भारतले १० मिलियन अमेरिकी डलर (११ अर्ब ८० करोड रुपैयाँ ) राख्ने घोषणा समेत गर्नुभयो। आपतकालिन कोषमा जम्मा रहेको रकम सार्क राष्ट्रमध्ये जुन देशलाई आवश्यक पर्छ उसले प्रयोग गर्न सक्ने प्रस्ताव समेत उहाँले राख्नुभयो।

भिडियो कन्फ्रेन्समा भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो, ‘महामारीले कस्तो रुप लिन्छ भन्ने थाहा छैन तर आउदा दिनमा यसको संक्रमण बढ्न दिनु हुँदैन्। इमरजेन्सी फण्ड निर्माण गरौँ त्यसका लागि भारतले १० मिलियन युस डलर भारतले फण्डमा राख्छ  शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सदस्य राष्ट्रहरु एकजुट भएर कोरोना विरुद्ध लड्न तयार हुनुपर्ने बताउनुभएको थियो। भारतीय प्रधानमन्त्री मोदीको सक्रियतामा आज सार्कका सबै सदस्य राष्ट्रहरु छलफलमा जुटेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वको कुल जनसंख्याको पाँच भागको जनसंख्या दक्षिण एसियाली मुलुकमा बसोबास रहेका भन्दै भारत कोरोना संक्रमणको चुनौति सामना गर्न तयार रहेको र आवश्यक तयारी गरिएको भन्दै नआत्तिन आग्रह गर्नुभयो। उहाँले कोरोना भाईरसको संक्रमणबाट नआत्तिन तथा नजरअन्दाज पनि नगर्न आग्रहग गर्नुभयो।

कोरोना भाईरस संक्रमणको जोखिम न्यूनीकरण गर्न प्रोएक्टिभ ढंगले कदम चाल्नुपर्नेमा उहाँले जोड दिनुभयो। भारतमा अहिले कोरोना संक्रमितहरु बढ्दै गएपनि सरकार स्टेप स्टेप गरेर संक्रमणलाई कम गर्दे लैजाने प्रतिवद्धता जनाउनुभयो। अस्पतालमा आवश्यक पर्ने जनशक्ति देखि सबै किसिमका प्रविधि र पुर्वाधारको क्षमता अभिवृद्धि गर्र्नुको साथै तेश्रो मुलुकबाट आउनेले अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्ने व्यवस्था गरिएको भन्दै २ महिना भित्र संक्रमण नियन्त्रण गर्ने दाबी पनि उहाँले गर्नुभयो। उहाँले संक्रमणको संभावित जोखिमलाई मध्यनजर गरे थप क्वारेन्टाईन र आईसोलेसन सुविाधाको व्यवस्था गरिएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...