नयाँ दिल्ली, 21 मार्च 2020
भारतमा भोली बिहान 7 बजेदेखि साँझ 9 बजेसम्म 14 घण्टाका लागु जनता कर्फ्यू जारी गरिँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले गत बिहिबार राष्ट्रको नाम सम्बोधन गर्दै देशवासीहरूलाई सुरक्षित सामाजिक दूरी बनाउन अपील गर्नुभएको छ। उहाँले कोरोना भाइरस संक्रमणको फैलावट रोक्न देशमा जनता कर्फ्यू जारी गर्नुभएको हो।
प्रधानमन्त्री मोदीले कोरोना भाइरस नियन्त्रणमा सहयोग पुऱ्याउनेहरू प्रति आभार व्यक्त गर्न आइतबार साँझ 5 बजे 5 मिनेटको लागि ताली अथवा घण्टी बजाउन अपील पनि गर्नुभयो। प्रधानमन्त्रीले कोविड-19 रोकथाम निम्ति भोलीको जनता कर्फ्यूलाई समर्थन गर्ने विभिन्न क्षेत्रका मानिसहरूको प्रसंशा गर्नुभयो।
तेलङ्गानामा भोली जनता कर्फयूको अवधिमा हैदराबाद मेट्रो रेल सेवा बन्द रहनेछ। शमशाबाद अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय टर्मिनल पनि भोली बन्द रहनेछ। राज्यमा शिक्षण संस्थान तथा शपिङ मल यसपूर्वनै मार्च 30 तारीखसम्मका लागि बन्द गरिएको छ।









































