HomeFeatureकोरोना भाइरस संक्रमण : अमेरिकामा १२ को मृत्यु

कोरोना भाइरस संक्रमण : अमेरिकामा १२ को मृत्यु

नयाँदिल्ली, ६ मार्च, २०२०
कोरोना भाइरस संक्रमणबाट अमेरिकामा १२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण भएको पानी जहाजबाट उद्धार गरिएका ७२ वर्षीय बृद्धको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या १२ पुगेको हो ।

कोरोना भाइरसको संक्रमण देखिएपछि थाइल्यान्डबाट आउदै गरेको जहाजलाई जापानले क्वारेन्टाइनमा राखेको थियो । त्यहाँ रहेका आफ्ना नागरिकलाई अमेरिकाले उद्धार गरेर लगेको थियो। त्यहीबाट लगिएका ७२ वर्षीय बृद्धको उपचारका क्रममा मृत्यु भएको जनाएको छ।उनको क्यालिफोर्नियामा मृत्यु भएको हो। यस अघि मृत्यु भएका ११ जना वासिंगटन राज्यका रहेका छन् ।

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या एक सय २९ पुगेको सरकारले घोषणा गरेको छ। तर, सञ्चारमाध्यमका अनुसार, कोरोना भाइरस संक्रमितको संख्या दुई सय २५ पुगेको छ । सरकारले घोषणा गरेको छैन ।

शुक्रबारसम्म संसारभर १६ देशमा तीन हजार तीन सय ८३ जनको मृत्यु भएको छ। चीनमा मात्रै तीन हजार ४२ जनाको मृत्यु भएको छ। चीन बाहिर १५ देशमा तीन सय ४१ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...