HomeFeatureकोरोना भाईरसको महामारी मध्यनजर दार्जीलिङ पहाडमा सबै पर्यटकीय स्थलहरू बन्द

कोरोना भाईरसको महामारी मध्यनजर दार्जीलिङ पहाडमा सबै पर्यटकीय स्थलहरू बन्द

दार्जीलिङ, 17 मार्च 2020/ कयेश अंसारी

कोरोना भाईरस महामारीलाई मध्यनजर गर्दै दार्जीलिङ पहाडमा आजदेखि सबै पर्यटकीय स्थलहरु बन्द गरिएका छन्। यद्धपी सोमबार साँझनै दार्जीलिङ पहाडका पर्यटकीय स्थलहरु मंगलबारदेखि बन्द हुने घोषणा गरिए पनि आजपनि केही पर्ययटकीय गाडीहरु पर्यटक बोकेर पर्यटकीय स्थलहरुमा पुगेका थिए। विश्वबाट आउने 90 प्रतिशतले भ्रमण गर्ने पहाडको टाईगर हीलमा आज बिहानै पर्यटक बोकेका सवारी साधनहरु सूर्योदय हेर्न पुगेका थिए। यद्धपी उनिहरुलाई हेर्न अनुमति दिइए पनि त्यसपछिका गाडीहरुलाई फिर्ता पठाइएको हो।

वन विभागका रेञ्जर ललित प्रधानले आफुहरुले बन्दबारे वन विभागले हिजो साँझ सूचना पाएको  त्यसपछि दार्जीलिङ ट्राफिक र ट्राभल एजेन्सीहरुलाई जानकारी दिएको बताउनुभयो। पर्यटनको समयमा टाईगर हीलमा दैनिक 4 सय गाडीहरु र अफ सिजनमा 2 सय गाडीहरु पुग्ने गरेका छन।

पहाडको अर्को पर्यटकीय स्थल बतासिया पार्क भने, बन्द गर्ने सूचना नपाएको भन्दै निर्वाध रुपमा खुल्ला भएको थियो। त्यहाँ पर्यटकहरुको बाक्लो भीड लागेको थियो। तर स्थानियहरु भने बतासिया पार्क खुल्ला गरिएकोमा आक्रोशित थिए। उनिहरुले बाहिरबाट आउने पर्यटकहरुलाई सिलगढीमै रोकिनुपर्ने सुझाव दिएका थिए।

कोरोना महामारीका कारण विश्वभरको यात्रा प्रभावित भएका बेला दार्जीलिभ पहाडको पर्यन प्रभावित भएको छ।

अर्कोतर्फ दार्जीलिङ जिल्ला अदालतमा पनि अत्यावश्यक बाहेकका मुद्धाहरुको सुनुवाई स्थगित गरिएको छ। अदालतका अनुसार कोलकाता उच्च अदालतले भीड हुन नदिन भनेपछि आज जमानत याचिका लगायतका महत्वपूर्ण मुद्धाहरु मात्रै सुनुवाई गरिएको हो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...