HomeFeatureकोरोना भाईरसले अहिलेसम्म 26 हजार धेरैको मृत्यु, हेर्नुहोस ताजा विश्व रिपोर्ट

कोरोना भाईरसले अहिलेसम्म 26 हजार धेरैको मृत्यु, हेर्नुहोस ताजा विश्व रिपोर्ट

नयाँ दिल्ली, 27 मार्च

कोरोना महामारीका कारण विश्वभर ज्यान गुमाउनेको संख्या 26 हजार 350 पुगेको छ । विश्वका 199 देशहरु कोरोना महामारीका कारण प्रभावित भएका छन । अहिलेसम्म संक्रमित हुनेको संख्या 5 लाख 72 हजार 760 पुगेको छ । अहिले यस भाइरसबाट संक्रमित हुने विरामीको संख्या 4 लाख 16 हजार 461 रहेको छ । त्यसमध्ये 3 लाख 94 हजार 925 जनाको अवस्था मध्यम छ भने 21 बजार 536 जनाको अवस्था गम्भीर रहेको छ ।

नेपालमा अहिलेसम्म 4 जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । सूदुरपश्चिमको धनगढीमा थप एक जनामा संक्रमण देखिएपछि नेपालमा कोरोमा भाइरस संक्रमितहरूको संख्या 4 पुगेको हो। स्वास्थ्य मन्त्रालयले शुक्रबार बताएअनुसार 4 जना मध्ये 1 जना उपचारपछि घर फिर्ता भएका छन । आर्कोतर्फ भारतमा भने अहिलेसम्म 863 जना संक्रमित भएका छन । भारतमा ज्यान गुमाउनेको संख्या 20 पुगेको छ । भारतमा उपचारपछि 73 जना सञ्चो भएका छन । कोरोना महामारीका कारण सबैभन्दा धेरै इटलीमा प्रभावित भएका छन । इटलीमा अहिलेसम्म 8 हजार 215 जनाको मृत्यु भएको छ भने 80 हजार 589 संक्रमित छन । त्यहाँ 10 हजार 361 जना सञ्चो भएका छन । त्यसैगरि इटलीपछि स्पेनमा अहिलेसम्म 4 हजार 858 जनाले ज्यान गुमाएका छन भने 64 हजार 59 जना संक्रमित भएका छन । यहाँ उपचारपछि 9 हजार 357 जना सञ्चो भएका छन । अमेरिकामा अहिलेसम्म 1 हजार 307 जनाको कोरोनाको कारण ज्यान गएको छ भने 85 हजार 907 जना संक्रमित भएका छन । इरानमा 2 हजार 378 जनाको मृत्यु भएको छ भने 32 हजार 332 जना संक्रमित छन । फ्रान्समा 1 हजार 696 जनाको ज्यान गएको छ भने 29 हजार 155 जना संक्रमित भएका छन । ब्रिटेनमा 759 जनाको मृत्यु भएको ठ भने 14 हजार 579 जना संक्रमित छन । नेदरल्याण्डमा 546 जनाको मृत्यु भएको छ भने 8 हजार 603 जना यसबाट संक्रमित भएका छन । यस भाइरसको शुरुवात भएको चीनमा भने अहिलेसम्म 3 बजार 292 जनाको मृत्यु भएको छ भने 81 हजार 340 जना संक्रमित भएका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...