HomeFeatureकोरोना भाईरस संक्रमण : महेन्द्रनगर–दिल्ली चल्ने बस अनिश्चितकालका लागि बन्द

कोरोना भाईरस संक्रमण : महेन्द्रनगर–दिल्ली चल्ने बस अनिश्चितकालका लागि बन्द

नयाँदिल्ली, १६ मार्च, २०२०
चीनको वुहान शहरदेखि फैलिएको कोरोना भाइरसले अहिलेको स्थितिमा देशभरी नै महामारीको रुपमा फैलिएको छ । कोरोनाभाइरसको संक्रमण रोक्नका लागि कञ्चनपुरको महेन्द्रनगरदेखि भारतको नयाँदिल्ली र देहरादुन बस सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।

दुई देशका अधिकारीको सहमतिमा भारतबाट नेपाल र नेपालबाट भारततर्फ चल्दै आएको मैत्री बस सेवा सोमबार (आज)बाट अनिश्चितकालका लागि बन्द गरिएको हो ।
दैनिक रुपमा नेपाल र भारततर्फका गरि १३ वटा बस सञ्चालन हुँदै आएका थिए । जसमा भारतको उत्तर प्रदेश र उत्तराखण्ड परिवहन र नेपालको महाकाली यातायात तथा पवनदूत यातायातका बस सञ्चालन हुँदै आएका थिए ।

महेन्द्रनगर बसपार्कबाट दैनिक भारतको राजधानी नयाँदिल्ली र देहरादुनमा गड्डाचौकी–बनबासा नाका हुँदै नेपाल तथा भारतको बससेवा सञ्चालन हुँदै आएको थियो ।
भारतमा कोरोना भाइरस देखिएपछि सीमामा समेत सतर्कता अपनाइएको छ ।  यातायात व्यवस्था विभागका प्रवक्ता तिर्थराज खनालका अनुसार भारतसँग जोडिएका अन्य रुटको बससेवा भने बन्द भएको छैन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...