HomeFeatureकोरोना महामारीका कारण भारत पूर्ण लकडाउन भएपछि नेपालीहरू हिडेरै गन्तव्य जान बाध्य

कोरोना महामारीका कारण भारत पूर्ण लकडाउन भएपछि नेपालीहरू हिडेरै गन्तव्य जान बाध्य

नयाँ दिल्ली, 26 मार्च 2020

कोरोना भाईरस महामारीका कारण भारत पूर्ण लक डाउन भएपछि फसेका नेपालीहरु अन्ततः ज्यानको बाजी लगाएर पनि स्वदेश पुग्ने प्रयास गरिरहेका छन्। यही क्रममा भारतको राजधानी दिल्लीबाट पैदल हिँडेर नेपान जान निस्केका नेपालीहरु गड्डाचौकी भन्सारभन्दा करिब 2 सय किलोमिटरको वरै रुद्रपुर पुगेका छन्। करिब 14 जनाको संख्यामा रहेका उनिहरु लक डाउनपछि दिल्लीको आनन्द विहार बस अड्डामा अलपत्र परेका थिए। लक डाउनका कारण दिल्लीमा खान बस्नको पनि समस्या मानेपछि उनिहरु पैदलै हिँडेर घरतर्फ लागेका थिए।

उनिहरु हिजो उत्तर प्रदेशको गाजियाबाद पुगेपछि एक भारतीय टेलिभिजन ए.बी.पी. लाईवले उनिहरुको समस्या उठान गरेको थियो। त्यसपछि दिल्लीमा बस्ने प्रवासी नेपालीका साथै दिल्लीस्थित नेपाली दूतावास र केही प्रवासी संगठनहरु उद्दारका लागि सक्रीय भएका थिए। तर उनिहरुको खोज खबर गर्दासम्म उनिहरु रुद्रपुर पुगिसकेपछि सम्पर्कमा आएको प्रवासी नेपाली समाज भारतमा आर.बी. खड्काले बताउनुभयो। आर.बी. खड्काका अनुसार महाराष्ट्रबाट दिल्ली हुँदै महेन्द्रनगर जाँदै गरेका 6 जना र हैदराबादबाट हिँडेका 5 जना एउटा दूधे बालकसहितल एक महिला आज रुद्रपुर पुगेका हुन। उनिहरु अस्ती 3 बस गरेर 215 जनालाई नेपाल पठाउँदा छुटेका हुन। उनिहरु दिल्लीमा रहेका आफन्त कहाँ बस्न भनेर हिँडेको भएपनि पछि त्यहाँ पनि बस्ने वातावारण नबनेपछि फर्किएर आनन्द बिहार बसअड्डा आएको तर त्यहाँ पनि पुलिसले भगाए पछि हिँडेर घर जान लागेको खड्काले बताउनुभयो। उहाँले अहिले ती पैदल यात्रु नेपालीहरुसँग सम्पर्क भएको र नेपालको सीमा पनि लक डाउन गरिएको अवस्थामा उनिहरुलाई स्थानिय प्रशासनसँगको प्रयासमा खाने व्यवस्था गरेको बताउनुभयो। उनिहरुलाई अहिलेको अवस्थामा नेपाल नगएर त्यहीँ बस्न आग्रह गरेपनि उनिहरु नमानेको खडकाले बताउनुभयो।

उहाँले लकडाउनपछि दिल्लीमा मात्रै 2 सयभन्दा धेरै नेपालीहरु अस्थायी शिविरमा बसेको र भारतका अन्य विभिन्न ठाँउमा उपचार गर्न आएका, घुम्न आएका र तीर्थ यात्रामा आएका करिब 3 सय नेपालीहरु फसेको पनि उहाँले बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...