HomeFeatureकोरोना महामारीपछि विदेशमा अलपत्र परेका ८० हजार ८७४ नेपाली स्वदेश फर्किए

कोरोना महामारीपछि विदेशमा अलपत्र परेका ८० हजार ८७४ नेपाली स्वदेश फर्किए

काठमाण्डौ, 28 सेप्टेम्बर 2020

कोरोना भाइरस महामारीपछि विभिन्न ३२ वटा देशमा अलपत्र परेका ८० हजार ८७४ नेपाली स्वदेश फर्किएका छन्। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का अनुसार आइतबार मात्रै ८५८ जना स्वदेश फर्किएका छन्।

सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट २३ हजार ७२६ जना स्वदेश फर्किएका छन्। केन्द्रका अनुसार हालसम्म साउदी अरेबियाबाट १२ हजार ५५५, मलेसियाबाट ११ हजार ६५१, कतारबाट ११ हजार १५०, कुवेतबाट आठ हजार ४७८, जापानबाट एक हजार ७५४, दक्षिण कोरियाबाट एक हजार ४४७ जना फर्किएका छन्।

ओमनबाट एक हजार ५०३, बहराइनबाट एक हजार २७४, अष्ट्रेलियाबाट एक हजार ९१, टर्कीबाट ९३६, बङ्गलादेशबाट ८८८, माल्दिभ्सबाट ८५३, सिङ्गापुरबाट ५५५, अमेरिकाबाट ४३०, चीनबाट ३५० र जोर्डनबाट ३१७ र श्रीलंकाबाट पाँच जना नेपाली स्वदेश फर्किएका  केन्द्रले जनाएको छ।

प्रदेश-१ का १४ हजार ६११, प्रदेश-२ का १२ हजार तीन, बागमती प्रदेशका १८ हजार २६४, गण्डकी प्रदेशका नौ हजार ३०, प्रदेश-५ का ११ हजार ६११, कर्णाली प्रदेशका एक हजार ५२५ र सुदूरपश्चिम प्रदेशका एक हजार ७४५ स्वदेश फर्किएको केन्द्रले जनाएको छ। केन्द्रका अनुसार फर्कनेमध्ये ११ हजार २२७ जनाको भने प्रदेश विवरण प्राप्त भएको छैन। आइतबार फर्किएकाको पनि प्रदेश विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ।

आइतबार फर्किएकाहरूलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रूपमा स्थापना गरिएको ‘होल्डिङ सेन्टर’मा राखिएको छ। व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशको समन्वयमा क्वारेन्टिनमा पठाउने तयारी भइरहेको केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...