HomeFeatureकोरोना रोकथाम तथा नियन्त्रणमा सचेतनाका लागि काँग्रेस नेता नविन्द्रराज जोशीद्वारा घरदैलो कार्यक्रम

कोरोना रोकथाम तथा नियन्त्रणमा सचेतनाका लागि काँग्रेस नेता नविन्द्रराज जोशीद्वारा घरदैलो कार्यक्रम

काठमाण्डौ, 14 नोभेम्बर 2020

कोरोना रोकथाम तथा नियन्त्रणमा सचेतना जगाउन भन्दै नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीले घरदैलो कार्यक्रम गर्नुभएको छ । नेता जोशीले काठमाडौंको क्षेत्र नं. ८ क्षेत्रमा कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीको सम्बन्धमा जानकारी मूलक विषयहरु लिएर घरदैलो कार्यक्रमको आयोजना गर्नुभएको हो । विभिन्न चिकित्सक सहितको टोली बनाएर नेता जोशीले केही दिन देखि घरदैलो कार्यक्रम आयोजना गर्दै आउनुभएको छ । काठमाडौं क्षेत्र नं. ८ आफ्नो निर्वाचन क्षेत्र पनि भएकाले सचेतनाका लागि आफ्नो दायित्व पुरा गर्न घरदैलो कार्यक्रम आयोजना गरिएको नेता जोशिले बताउनुभयो । जनताको घरदैलोमा गएर कोरोना संक्रमणबाट कसरी बच्ने, मास्क कसरी लगाउने, भौतिक दुरी कायम गर्ने, नियमित हात धुने, स्यानिटाइज गर्ने लगायतका विषयमा जानकारी गराएको नेता जोशीले बताउनुभयो ।

कांग्रेस नेता जोशीसँगै विभिन्न चिकित्सकहरु पनि घरदैलो कार्यक्रममा सहभागिता जनाउँदै आएका छन् । शनिबार घरदैलो कार्यक्रममा सहभागी हुनुभएका बीर अस्पतालका चिकित्सक डा. भुपेन्द्र बस्नेतले कोरोनाबाट कसरी बच्न सकिन्छ, के कस्तो समस्या आउँछ, मास्क लगाउन किन जरुरी छ, हात धुन किन जरुरी छ भन्ने कुरामा जनचेतना फैलाउन टोलटोलमा पुगेको बताउनुभयो ।

 घरदैलो कार्यक्रमका क्रममा प्रत्येक घरमा मास्क वितरण समेत गरिएको छ । यस्तै कुनैपनि समस्या आएमा चिकित्सकलाई सिधै फोन गरी आवस्यक सुझाव र सल्लाह लिने व्यवस्था मिलाइएको पनि डा. बस्नेतले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...