HomeFeatureकोरोना संक्रमित व्यक्तिका परिवारका सदस्यहरूलाई बोक्न मानेनन् एम्बुलेन्स चालक

कोरोना संक्रमित व्यक्तिका परिवारका सदस्यहरूलाई बोक्न मानेनन् एम्बुलेन्स चालक

धनगढी, 28 मार्च 2020/ हिम शाह

कोरोनाको आशंकामा सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका एक व्यक्ति संक्रमित रहेको शुक्रबार पुष्टि भयो। लगत्तै शुक्रबार नै साँझ प्रहरी उनका परिवारजनलाई लिन धनगढी उपमहानगरपालिका वडा नम्बर 5 स्थित घरमा पुगेको थियो। तर, कुनै पनि एम्बुलेन्स चालकले कोरोना भाइरसबाट संक्रमित व्यक्तिका परिवारलाई बोक्न नमान्दा प्रहरी मध्यरातमा रित्तै फर्किनुपरेको छ।

प्रहरी संक्रमितका परिवारका सबै सदस्यलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राख्नका लागि लिन गएको थियो। प्रहरी स्रोतका अनुसार, संक्रमितका परिवारका सदस्य रहेको थाह पाएपछि कुनैपनि एम्बुलेन्स चालक उनीहरुलाई अस्पतालसम्म लैजान तयार भएनन्।

प्रहरीले मध्यरातिसम्म एम्बुलेन्स चालकहरुलाई उनीहरुलाई अस्पताल पुर्‍याउन निकै आग्रह गरेको थियो। तर, प्रहरीको आग्रह कुनै चालकले मानेनन्। एम्बुलेन्स चालकले उनीहरुलाइ ल्याउन नमानेपछि प्रहरीको टोली राति करीब 12 बजे त्यतिकै फर्केको थियो।

एम्बुलेन्स चालकहरुले सुरक्षा कवच (पीपीई) नभएको भन्दै एम्बुलेन्स चलाउन नमानेका हुन्। संक्रमित सेती प्रादेशिक अस्पतालमा छन्। घरमा उनका बुवा आमा, दाजु भाउजु, भतिजी, उनकी पत्नी र छोरी सहित आठ जना छन्।

एम्बुलेन्स चालकले उनीहरुलाई बोक्न नमानेपछि प्रहरीले पैदल अस्पताल ल्याउने कोसिस गरेको थियो। तर, परिवारका सदस्यले मानेनन्। उनीहरुलाई अस्पतालमा ल्याउन नसकिएपछि प्रहरीले घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ।

उनी दुबईबाट काठमाडौं फर्किएका थिए। काठमाण्डौंबाट धनगढीको सोझो टिकट नपाएपछि उनले बुद्ध एयरमार्फत नेपालगंज अवतरण गरी बस चढेर धनगढी आइपुगेको बताइएको छ।

एउटै उडानबाट उनीसँगै दुबईबाट आएका उनका साथी यतिबेला बिराटनगरमा छन्। कोरोनाको लक्षण देखिएपछि उनी काठमाण्डौंबाट आएको तीन दिनपछि अर्थात् चैत ११ गते सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुगेका थिए।
त्यही दिनदेखि उनी सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका थिए। आइसोलेसनमा राखिएपछि उनको थ्रोट स्वाबको नमूना परीक्षणका लागि काठमाण्डौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...