HomeFeatureकोरोनो प्रकोपले मथुरामा 250 नेपाली अलपत्र, बसपार्कमा विचल्ली

कोरोनो प्रकोपले मथुरामा 250 नेपाली अलपत्र, बसपार्कमा विचल्ली

मथुरा, 21 मार्च

कोरोना भाइरसको प्रकोपका कारण नेपाल फर्किन खोजेका करिब  2 सय 50 जना अहिले उत्तर प्रदेशको मथुरामा फसेका छन । भारतमा कोरोनाको प्रकोपलाई कम गर्ने उद्धेश्यका साथ भोली आईतबार जनता कर्फ्युको आह्वान गरिएका बेला आज नेपाल फर्किन खोजेका 2 सय 50 जना मथुराको बसपार्कमा फसेका हुन । कैलाली स्थायी घर भएका माइकल बिष्टले आफुहरु 2-3 सयको संख्यामा नेपालीहरु मथुरामा फसेको र कुनैपनि गाडीहरु जान नमानेको बताउनुभएको छ । बिष्टले हैदराबाद र महाराष्ट्रका विभिन्न स्थानबाट मथुरा हुँदै सुदुर पश्चिमको कैलाली जान खोजेका नेपालीहरु बसपार्कमा रहेको बताउनुभयो ।

केही बस सञ्चालकहरुले चर्को मूल्य मागिरहेको उनिहरुको भनाई छ । उनिहरुले केही समय काम गरि कमाएर ल्याएको जति पैसाँ बसवालाले मागिरहेको उनिहरुको भनाइ छ । नेशनल लाईव टीवीलाई फोन गर्दै उनिहरुले नेपाली दुतावास मार्फत आफुहरुलाई घर फिर्तीको वातावरण बनाईदिन आग्रह गरेका छन । तपाईहरु भिडीयोमा पनि देख्न सक्नुहुन्छ, बसपार्कमा भएको यो भेला केवल नेपालीहरुको हो । उनिहरु कैलालीका लागि बसको पर्खाई गरिरहेका छन । तर कुनै बसले पनि जान मानेका छैनन । सामान्य रुपमा मथुराबाट ठूलो संख्यामा कैलालीका लागि बस चल्ने भएता पनि अहिले बस चल्न मानेका छैनन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...