नयाँ दिल्ली, 17 फरवरी 2020
केन्द्रीय स्वास्थ्य मन्त्रालयले नेपालसँग सीमा जोडिएका गाँउहरूमा कोविड-19 संक्रमणको परिक्षणको लागि विशेषज्ञहरूको दल गठन गरेको छ। मन्त्रालयका अनुसार, उत्तराखण्ड, उत्तर प्रदेश, बिहार, सिक्किम र पश्चिम बंगालमा नेपालको सीमासँग जोडिएका गाँउहरूमा कोविड-19 को बारेमा सामूदायिक स्तरमा सूचना तथा जानकारी प्रसार गतिविधिहरूको निरीक्षण गरिनेछ।
राष्ट्रिय रोग नियन्त्रण केन्द्र, सफदरजङ्ग अस्पताल र राम मनोहर लोहिया अस्पतालका डाक्टरहरूको पाँच भिन्ना-भिन्नै विशेषज्ञ दल गठन गरिएको छ।









































