Homeमुख्य समाचारकोशीका मुख्यमन्त्री कार्कीले कुनै बहादुरी गरेका होइनन् : राजेन्द्र राई

कोशीका मुख्यमन्त्री कार्कीले कुनै बहादुरी गरेका होइनन् : राजेन्द्र राई

कोशीका केदार मुख्यमन्त्री कार्कीले कुनै बहादुरी गरेका होइनन् : राजेन्द्र राई

काठमाडौँ, 18 अक्टोबर 2023

एकीकृत समाजवादीका कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री केदार कार्कीले कुनै बहादुरी नगरेको टिप्पणी गरेका छन् ।

विश्वासको मत लिने मुख्यमन्त्री केदार कार्कीको प्रस्तावमाथि प्रदेशसभामा बुधबार भएको छलफलमा भाग लिँदै राईले कार्कीलाई भन्दा पहिला आफूहरुलाई एमालेबाट मुख्यमन्त्रीको प्रस्ताव आएको बताए । तर आफूहरुले गठबन्धनको भावनाअनुसार त्यसलाई स्वीकार नगरेको बताए ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापा र माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई समेत धेरै पटक यस्तो प्रस्ताव आएको उनले सुनाए ।

‘यसरी मुख्यमन्त्री हुने हो भने शायद केदार कार्की माननीय ज्यूलाई भन्दा पहिला हामीलाई प्रस्ताव आएको थियो होला । दशौं पटक आएको थियो होला’, उनले अघि भने ‘सबभन्दा पहिला त हामीलाई आयो होला यो प्रस्ताव किनभने ४ जना भयो भने उहाँहरुको काम चलिहाल्थ्यो ।’

अहिले कांग्रेस सांसद कार्कीले एमालेसँग मिलेर मुख्यमन्त्री बनेर कुनै बहादरी नगरेको भन्दै एकीकृत समाजवादीका संसदीय दलका नेता राईले भने, ‘यो कुनै बहादरीको कुरा होइन । यो हामीले गठबन्धनको मर्म भावनालाई आत्मसाथ गरेर त्यो प्रस्ताव स्वीकार गरेनौं, त्यसकारण हामी मुख्यमन्त्री भएनौं ।’

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...