HomeFeatureक्यानका ६ जना केन्द्रीय सदस्यहरुद्वारा कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथि गरिएको कारबाही...

क्यानका ६ जना केन्द्रीय सदस्यहरुद्वारा कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग

काठमाडौं, 22 दिसम्बर 2021

नेपाल क्रिकेट संघ (क्यान) का ६ जना केन्द्रीय सदस्यहरुले कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानका केन्द्रीय सदस्यहरु छुम्बी लामा, ऋषिराम गौतम, अमितबीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र संजय राज सिंहले खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग गर्नुभएको हो । नेपालमा सञ्चालन भएको ट्राइ–नेशन टि–२० क्रिकेट प्रतियोगितामा विजयी भएका खेलाडीहरुलाई पुरस्कार रकम उपलब्ध गराउन पहल गर्नुको साटो अनुशासनको नाममा नियोजित ढंगले राष्ट्रिय क्रिकेट खेलँडीमाथि गरिएको कारबाही फिर्ता लिन माग उनीहरुले गरेका छन् । उनीहरुले क्यानले एकलौटी रुपमा खेलाडीमाथि कारवाही गरेको आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा क्यानका सदस्य ऋषिराम गौतमले धेरै पटक असहमतिहरु जायर गरेपनि क्यानले आफुहरुको कुरा नसुनेको बताउनुभयो । बहुमतको बलमा खेलाडीमाथि नियोजित रुपमा नै कारवाही गरिएको उहाको भनाई छ । आइसिसिबाट पुर्ण रुपमा प्रतिबन्ध फुकुवा नहुँदै क्यानले अर्को विवादमा फस्न लागेको उहाले बताउनुभयो । त्यस्तै अन्य सदस्यहरुले धनगढीमा पुस दोस्रो साताका लागि तय भएको बार्षिक साधारण सभाको बैधानिक्तामाथिनै प्रश्न उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...