क्यानडा, 7 सितम्बर 2021
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोमाथि ढुंगा प्रहार भएको छ । चुनावी अभियानमा क्रममा उनलाई प्रदर्शनकारीहरुले ढुंगा प्रहार गरेका हुन् । उनलाई प्रदर्शनकारीले प्रहार गरेको गिट्टी (ढुंगा) ले लागेको हो । ट्रूडोले गएको अगस्ट मध्यमा चुनावको घोषणा गरेका थिए । वामपन्थी लिबरल पार्टीको बहुमतको अपेक्षा सो चुनावबाट गरिएको छ । कोरोना भाइरसविरुद्धको खोप लगाउनु पर्ने बाध्यकारी नियम तथा अरु प्रतिबन्धका कारण उनको आलोचना हुँदै आएको हो । तर उनको चुनावी अभियानले अवरोधको सामना गर्नु परेको छ ।









































