काठमाडौं, 30 मई 2023
नेपाली क्रिकेटर सन्दीप लामिछानेको मुद्दा छिटो निरुपण गर्न माग गर्दै उनका केही समर्थकहरूले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । नाबालिग बलात्कारको आरोप खेपिरहेका लामिछानेको मुद्दा छिटो निरुपण गर्न माग गर्दै माइतीघर मण्डलामा युवाहरूले प्रदर्शन गरेका हुन्। काठमाडौं जिल्ला अदालतमा सन्दीपको मुद्दा चलिरहेको छ । उनको मुद्दा पेसीमा चढे पनि पटक–पटक स्थगित हुँदै आएको छ ।









































