HomeFeatureक्रिकेट मैदानको समस्या

क्रिकेट मैदानको समस्या

काठमाडौं, 24 सितम्बर 2021

त्रिवि क्रिकेट मैदान । यो नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट म्याच हुने एकमात्र मैदान हो । यो मैदानमा अन्तर्राष्ट्रिय स्तरको पहिलो क्रिकेट म्याच एसीसी ट्रफी अन्तर्गत जापान र हङकङबीच ५ अक्टोबर सन् १९९८ मा भएको थियो । त्यसअघि ३ अक्टोबर सन् १९९८ मा नेपाल र थाइल्याण्डबीच र २ अक्टोबरमा बंगलादेश र पपुवान्यूगिनी बीच खेल हुनुपर्नेमा खराब मौसमका कारण खेल हुन सकेको थिएन । जसकारण जापान र हङकङबीचको खेल नै त्रिवि क्रिकेट मैदानमा भएको पहिलो अन्तर्राष्ट्रिय खेल हुन पुग्यो । त्यसयता यो मैदान अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय खेलहरु खेल्ने एकमात्र मैदान बनेको छ । नेपालले क्रिकेटको क्षेत्रमा उल्लेख्य प्रगती गरिरहेको छ । तर अन्तर्राष्ट्रिय स्तरको खेल मैदान हुन नसक्दा खेलाडीहरुले चाहेजति अभ्यास गर्न सकेका छैनन् । एउटा मात्र अन्तर्राष्ट्रिय स्तरको रंगशालाका कारण नेपाली खेलाडीहरुलाई विदेशमा गएर म्याच खेल्न पनि सकस परिरहेको स्वयं खेलाडीहरुले नै बेलाबेला बताउने गरेका छन् । नेपाली खेलाडीहरुलाई सिकाउन आएका प्रशिक्षकहरु पनि नेपालले अन्तर्राष्ट्रिय स्तरको खेल मैदान तयार पार्न सके नेपालको क्रिकेट स्तरमा उल्लेखनीय परिवर्तन हुने दाबी गरिरहेका छन् । तर पनि सरकार यसबारेमा लाचार देखिन्छ । नेपालले सन् १९८८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) बाट एशोसिएट सदस्यता पाएको थियो । अहिलेसम्म आइपुग्दा नेपाल टी–२० वरियतामा विश्वमा १३ औँ स्थानमा छ भने एकदिवसीयमा १६ औँ स्थानमा छ । नेपालमा त्रिभुवन क्रिकेट मैदान बाहेकका अन्य ३ वटा मैदान भए म्याच खेलाउन, खेलाडीहरुलाई अनुभव बटुल्न र अभ्यास गर्ने कुरामा धेरै सहयोग हुने  टियू क्रिकेट मैदानका क्युरेटर मधु तामाङले बताउनुभयो । उहाँले एउटै क्रिकेट पिचमा खेल्दा एक,दुई वटा खेलपछि नराम्रो असर पर्ने समस्या रहेको भन्दै अन्य अन्तर्राष्ट्रिय स्तरका क्रिकेट मैदान बनाउनुपर्ने जोड दिनुभयो । एउटा म्याच खेलिसकेपछि एउटा मैदानमा एक महिना म्याच खेलाउन उचित नहुने बताउँदै उहाँले नेपालमा अन्य क्रिकेट मैदान नबन्दा खेलका लागि मैदान तयार गर्न पनि समस्या रहेको बताउनुभयो । उहाँले एकपछि अर्को लगातार म्याच खेलाइरहँदा  त्रिवि क्रिकेट मैदानलाई खेलको भार भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको अन्तर्राष्ट्रिय ग्राउण्ड यही एउटा मात्रै भयो, यसको विकल्पमा अरु ग्राउण्डहरु पनि छैन,यस्तै तीन वटा जति ग्राउण्ड भइदिएको भए, टुर्नामेण्ट गर्न सजिलो हुन्थ्यो, मैदानलाई भार पनि पर्दैन थियो, इपीएलको लागि तयारी लगभग सकिएको छ, १५÷२० दिन अघिदेखि तयारी शुरु भयो, टी २० को लागि घाँसे मैदान फाइदाजनक हुन्छ, हामीसँग अहिले ठिक्क मिल्ने पिच छ, ब्याटिङको लागि राम्रो हुने पिच छ, एउटै विकेट (पिच) मा सबै म्याच खेलाउन पनि सकिँदैन, खेलाए पिचलाई धेरै भार पर्छ, १० दिनको म्याच भए ३ वटा विकेट, ५ दिनको भए दुईवटाले पनि धान्न सकिन्छ, एउटा मात्रै पिच भए शुरुका केही म्याच राम्रो हुन्छन्, त्यसपछि बल बाउन्स हुने लगाउतका समस्या देखापर्छ, गर्मीमा जाडोमा भन्दा राम्रो हुन्छ, जाडोमा मैदान धेरै चिसो हुँदा घाँसहरुको मुना मर्छन्, तर गर्मीमा पिच चाँडो सुक्छ, एउटा म्याच खेलिसकेपछि पिचमा एकमहिनासम्म खेल्नको लागि सहज र त्यति उपयुक्त मानिँदैन, सकेसम्म एक म्याच खेलेपछि एकमहिना सम्म मैदानलाई आराम गर्नदिनुपर्छ, तर नेपालमा एउटा मात्रै अन्तर्राष्ट्रिय क्रिकेट मैदान छ, जसकारण मैदानले आराम नै पाउँदैन ।

त्रिवि क्रिकेट मैदानमा म्याच गराउनका लागि अहिले तीन वटा पिच रहेका छन्, जसमा हरेक म्याचमा पालैपालो म्याच गराइनेछ, इपीएलको लागि मैदान तयार भइसकेको छ । पिच २२ गजको हुनेगर्छ, यसको दुवैतर्फ स्टम्प हुन्छन्, यसमा घाँस कम हुन्छ भने पिचले म्याचमा टीमको रणनीतिलाई प्रभावित बनाउँछ । नेपालले सन् १९९८ मा एसीसी ट्रफीको आयोजना गर्ने अवसर पाएको थियो । त्यसका लागि अन्तर्राष्ट्रिय स्तरको मैदान आवश्यक पर्ने भएपछि सन् १९९६ मा भारतको जीस्पोर्टस कम्पनीसँग मैदान बनाउन सम्झौता गरेको थियो । सम्झौता अनुसार सानो फुटबल मैदानलाई जीस्पोर्ट्सले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइदिएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...