दार्जीलिङ, 15 फरवरी 2020/ कयेश अंसारी
दार्जीलिङ पहाडको खर्साङस्थित एक होटलमा एक व्यक्ति मृत भेटिएका छन्। कालिमपोङका स्थायी बासिन्दा सोनम शेर्पा मृत भेटिएका हुन्। पेशाले संगीतकार शेर्पा हाल दिल्लीमा रहिरहेका थिए र एक स्थानिय चलचित्रमा संगित निर्देशन गर्न खर्साङ आएका थिए। उनको मृत्युको कारण अहिले थाहा नभएको र शवलाई उत्तर बंगाल मेडिकल कलेजमा पोस्टमार्टम गराएपछी मात्रै केही भन्न सकिने पुलिसले जनाएको छ।
पुलिसका अनुसार शेर्पा होटलमा मृत भेटिएको भन्ने खबर शुक्रबार दिउँसो जानकारी आएको थियो। सो होटलमा पटक-पटक यस्ता घटना सार्वजनिक हुने गरेको छ। पछिल्लो 4 वर्षमा 3 व्यक्तिहरु होटलमा मृत भेटिएका थिए।









































