HomeFeatureखल्तीबाट झिकेर कसैलाई राष्ट्रपति बनाउनुहुँदैन: थापा

खल्तीबाट झिकेर कसैलाई राष्ट्रपति बनाउनुहुँदैन: थापा

काठमाडौं, 4 फरवरी 2023

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कसैलाई खल्तीबाट झिकेर राष्ट्रपति बनाउन नहुने बताएका छन् । बाराको कलैयामा शनिबार आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले सो कुरा बताएका हुन् । उनले देशको संविधान नबुझ्नेलाई खल्तीबाट झिकेर राष्ट्रपति बनाउन नहुने बताए ।

‘देशको संविधानलाई नचिन्नेलाई राष्ट्रपति बनाउनुहुँदैन । खल्तीबाट बनाउनुहुँदैन, संविधानलाई चिनेको र मानेको राष्ट्रपति बनाउनुपर्छ‚’ उनले भने, ‘उच्चस्तरीय राजनीति संयन्त्रलाई संविधानले चिनेको छैन, मानेको छैन ।’

थापाले देशमा अहिले राष्ट्रपतिको माध्यमबाट समानान्तर सरकार बनाउने प्रपञ्च भइरहेको पनि बताए । त्यसलाई विफल पार्न कांग्रेस उभिएको पनि उनले प्रष्ट पारे । यसको विपरीत गएर राष्ट्रपति बनाउन खोजियो भने बल्ल बल्ल जोगिएको संविधान खतरामा पर्ने उनले बताए । कानुनको ‘मेरिट’ मा रहेर संसद्‌बाट बहुमतले राष्ट्रपति बनाउनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...