12 नवम्बर 2021
बर्दिवास नगरपालिका–१ बर्दिवासस्थित न्यौपाने खाजा घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय दीपक शर्मा लगायत १० जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ । महोत्तरी जिल्लामा जुवातास खेल्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । सो खाजा घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ५ सय १५ रुपियाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।









































