HomeFeatureगठबन्धनका नेताहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग हो भन्न डराएको ओलीको...

गठबन्धनका नेताहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग हो भन्न डराएको ओलीको टिप्पणी

काठमाडौं, 22 अगस्त 2022

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नेताहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग हो भन्न समेत डराएको टिप्पणी गरेका छन् । भारत रिसाउँछ भनेर गठबन्धन दलका नेताहरु आफ्नो भूमि नेपालको हो भन्न डराइरहेको ओलीको दाबी छ । पूर्वमन्त्री दानबहादुर चौधरी, माओवादी केन्द्रीय सदस्य तथा चौताराका पूर्वमेयर अमानसिंह तामाङसहितलाई एमाले प्रवेश गराउँदै अध्यक्ष ओलीले गुमेको भूभाग समेटेर नक्सा छाप्दा भारत आफूसँग रिसाएको बताए । नेपालले आफ्नो भूमि दाबी गर्दा रिसाउन आवश्यक नरहेको ओलीले बताए ।

उनले भने- सुगौली सन्धीले कायम गरेको हाम्रो भूभाग ६० वर्षअघि भारतलाई प्रयोग गर्न दिइएछ । यसबीचमा कसैले बोलेनन्, मैले त्यो भूभाग समेटेर हाम्रो नक्सा बनाएपछि भारत रिसायो भनेर अहिलेका गठबन्धनवालाहरु म्याउँ म्याउँ गरिरहेका छन् ।

प्रधानमन्त्री शेर बहादुर देउवाले भारत भ्रमणका क्रममा नक्सामा समेटिएको जग्गा नेपालको हो भनेर बोल्न नसकेको भन्दै ओलीले प्रचण्डको भारत भ्रमणमा समेत एक शब्द बोल्न नसकेको बताए । उनले माधव नेपाललाई देउवा र प्रचण्डलाई भारतले बोलाएर आफूलाई नबोलाएकोमा चिन्ता बाहेक मुलुकको भूमि फिर्ता ल्याउँ भन्ने चाहना नरहेको आरोप लगाए । ओलीले भने- शेरवहादुरजीलाई म सोध्न चाहान्छु तपाईकै प्रदेशको, तपाईकै जिल्लासँग जोडिएको दार्चुलाको नक्सामा हामीले समेटेको लिम्पियाधुरा, लिपुलेक र कालापानी कसको हो ? बोल्ने हिम्मत छ ? आफूलाई क्रान्तिकारी भन्ने प्रचण्डलाई बोल्ने हिम्मत छ ?

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...