HomeFeatureगठबन्धनभित्रको माओवादीको स्वरुप परिवर्तन गर्नुपर्ने देखिएको प्रचण्डको  जिकिर

गठबन्धनभित्रको माओवादीको स्वरुप परिवर्तन गर्नुपर्ने देखिएको प्रचण्डको  जिकिर

काठमाडौं, 1 जून 2022

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावमा गठबन्धनबीच भएको तालमेल प्रभावकारी हुन नसकेको बताउनुभएको छ । बुधबार काठमाडौंमा पार्टीको तर्फबाट देशभरका स्थानीय तहको प्रमुख तथा उपप्रमुखमा निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै प्रचण्डले स्थानीय तहको चुनावमा गठबन्धनबीच भएको तालमेल प्रभावकारी हुन नसकेपछि प्रदेश र संघको चूनावमा गठबन्धन कायमै रहने बताउनुभयो ।  आफूहरु कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको उहाले बताउनुभयो । उहाले गठबन्धनभित्रको माओवादीको स्वरुप परिवर्तन गर्नुपर्ने देखिएको जिकिर गर्नुभयो । उहाले माओवादीप्रति जनताको मोह भंग नभइसकेको भन्दै सच्चिओस् भन्ने सन्देशका साथ तेस्रो शक्ति बनाएर राष्ट्रिय राजनीतिको चाबी हातमा राखिदिएको उल्लेख गर्नुभयो । प्रचण्डले विगतमा एमालेसँग गठबन्धन र पार्टी एकता गर्दा उद्देश्य एउटै भएपनि नेतृत्वमा धेरै अहंकार आएपछि त्यसका विरुद्ध विद्रोह गर्नुपर्ने ठाउँमा आफूहरु पुगेको भन्दै कांग्रेसबाट पनि अहिले त्यस्तै डर पैदा भएको उल्लेख गर्नुभयो । त्यस्तै उहाले स्थानीय तहको निर्वाचनपछि एमाले अत्तालिएको तर्क गर्नुभयो । प्रमुख तथा उपप्रमुखमा निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रम दुई दिनसम्म चल्ने माओवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...