HomeFeatureगठबन्धन देशका लागि अभिसापछ: ओली

गठबन्धन देशका लागि अभिसापछ: ओली

चितवन, 14 नवम्बर 2022

नेपाल कम्यूनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपि शर्मा ओलीले सत्ता गठबन्धन देशका लागि अभिसाप रहेको बताएका छन्। आज भरतपुरमा एमालेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन जनताका लागि नभई खानाका लागि गरिएको बताएका हुन्।

‘एमालेले सरकारी स्कुल बनायो, अस्पताल देशभर एकैपटक शिलन्यास गर्यो। ६१ वटा राजमार्ग विस्तारको काम सुरु गर्यो। विमानस्थाल बनाउने काम गर्यो। तराईमा हुलाकी राजमार्ग विस्तार गर्दा पैसा पुग्छ,’ उनले भने, ‘गठबन्धन आउँदा किन त्यस्तो हुँदैन भन्दा खानाको बाहेक ध्यान छैन।’ उनले गठबन्धनलाई फुटेका हाडिको चोइटाको संज्ञा दिए।

उनले गएको स्थानीय तहमा गठबन्धनले ५ जना मारेको भन्दै अहिले हार्ने डरले विपक्षमाथि हातपात गर्न लागेको बताए। ‘गठबन्धन कति कमजोर रहेछ । एउटा युवा आयो चुनाव लड्यो। गाडी फुटाउनु पर्छ,’ चितवनमा हिजो गठबन्धनले रवि लामिछानेको चुनावी अभियानमा प्रयोग गरेको गाडि तोडफोडको प्रति संकेत गर्दै,’उनले भने, ‘लोकतन्त्रको रक्षाको लागि गठबन्धन गरेका हौँ भन्ने मान्छेले टाउँका फुटाउँछ ।’ प्रशासनको सहयोगमा गुण्डागर्दिको काम भएको उनले बताए।

‘गुण्डागर्दिका कामहरु पार्टीको तर्फबाट विरोध र निन्दा गछौँ। काम कारबाही गर्न प्रशासनले एउटा ड्याङग्रो पनि बजाएको छैन’–उनले भने। गठबन्धन दलहरुले जनता ढाँट्नका लागि घोषणापत्र जारी गरेका छन्।

 उनले देश बनाउने मार्गचित्र एमालेको गन्तव्य भएको बताए। कृषिको आधुनिकीकरण कसरी हुन्छ, व्यापार असन्तुलन कसरी घटाउने भन्ने एमालेको स्पष्ट मार्गचित्र भएको बताए। ओलीले एमाले सरकारमा हुँदा विकास निर्माणका कामहरु थालनी गरेपनि योजनाहरु सबै काटेको बताए। समृद्ध नेपाल निर्माणका लागि एमालेले बहुमत ल्यान आवश्यक रहेको ओलीले जिकिर गरे।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...