HomeFeatureगठबन्धन सरकारका कारण राज्यको तीनवटै अंग बिफल भएको: नेम्वाङ

गठबन्धन सरकारका कारण राज्यको तीनवटै अंग बिफल भएको: नेम्वाङ

काठमाडौं, 5 मार्च 2022

नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले गठबन्धन सरकारका कारण राज्यको तीनवटै अंग बिफल भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एशोसिएट प्रदेशको संयुक्त प्रथम अधिवेशनको उद्घाटन गर्दै नेम्वाङले सरकार र संसदले केहि काम गर्न नसकेको र अदालतलाई पनि सरकारले काम गर्न नदिएको बताउनुभयो । उहाले अहिलेको अवस्थामा संविधान बमोजिम चूनाव हुनुपर्ने र जनताले नै फैसला गर्ने भन्दै गठबन्धन दलहरु चूनावमा जान डराईरहेको धारणा राख्नुभयो । आफुहरुले गल्ती गरेको भए निर्वाचनमा जनतामाझ शिर निहुराउन आफुहरु तयार रहेको भएपनि गठबन्धन दलहरु अझै पनि निर्वाचन सार्ने सोचमा रहेको उहाले बताउनुभयो । नेम्वाङले एमसीसी अनुमोदनका समयमा सरकारमा बस्ने दलहरुले दोहोरो चरित्र देखाएको आरोप समेत लगाउनुभयो । उहाले एमाले नेतृत्वको सरकारले गरेको असाधारण बिकासप्रति डराएर षडयन्त्रपूर्वक सरकारबाट हटाएको तर्क गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...