HomeFeatureगणतन्त्रलाई उल्ट्याउने षड्यन्त्र भइरहेको छ: प्रचण्ड

गणतन्त्रलाई उल्ट्याउने षड्यन्त्र भइरहेको छ: प्रचण्ड

काठमाडौं, 24 दिसम्बर 2021

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रलाई उल्ट्याउने षड्यन्त्र भइरहेको बताउनुभएको छ । शुक्रबार नेकपा मसाल (सम्पर्क केन्द्र) सँग भएको एकता कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले अहिले पनि देशमा दुइटा विचार र वर्गबीच ध्रुवीकरण देखा परिरहेको र गणतन्त्रलाई उल्ट्याउने षडयन्त्र भइरहेको बताउनुभएको हो । संविधान, लोकतन्त्र र त्यसका मूलभूत मान्यतालाई लत्याउँदै संविधान खारेज गर्ने र परिवर्तन उल्ट्याउने गरी कदम चालिएको भन्दै उहाले अहिले पनि आवश्यक परे ठूलो क्रान्ति गर्न तयार रहेको जिकिर गर्नुभयो । प्रचण्डले कम्युनिष्ट एकता चाहना हुदाहुदैपनि जोगाउन नसकिएपनि फेरि एकता प्रक्रियामा अघि बढेको बताउनुभयो । कार्यक्रममा प्रचण्डले अवको निर्वाचनमा को बिजयी हुन्छ भन्ने थापा पाउने भन्दै माओवादीहरुलाई हल्का रुपमा नलिन चेतावनी दिनुभयो । उहाले मसाल सम्पर्क केन्द्रसँगको एकता रणनीतिक नभएको भन्दै सैद्धान्तिक र विचारधारात्मक रुपमा एकीकरण भएको जिकिर गर्नुभयो । एकता सभामा मसाल सम्पर्क केन्द्रका तर्फबाट संयोजक लोकेन्द्र लम्सालले अहिलेको आवश्यकता एकता नै भएको भन्दै माओवादी केन्द्रसँग विचार मिलेकाले एकता भएको धारणा राख्नुभयो । मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डाहरुमा विवाद भएपछि मसालमा विद्रोह गरेर मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो । सोही समूह माओवादी केन्द्रमा विलय भएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...