Homeसम्पादकीयगणतन्त्र दिवसको दरुपयोग, दोषि को ?

गणतन्त्र दिवसको दरुपयोग, दोषि को ?

दिल्ली, 30 मई 2023
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले आम माफिको नाममा गरेको अपराधि उन्मुक्तिलाई लिएर यति बेला नेपाली राजनितिमा रडाको मच्चिएको छ ।

सबै भन्दा चर्चित प्रकरण टिकापुर हत्याकाण्ड घटनाका नाईके रेसम चौधरीको आम माफिलाई लिएर उठेको छ, जसले विधिको शासनमाथि नै प्रश्न चिन्ह् खडा गरेको छ ।

रेसम चौधरी अपराधी हो कि हाईन ? यदि हो भने माफि किन र के का लागि ? यदि होईन भने किन सर्वोच्च अदालतले उसको खिलाफ फैसला दियो ? संविधानको दायरा भन्दा माथि जाने हक अधिकार सर्वोच्च अदालतलाई कसले र किन दिईयो ? निर्दाषलाई पिडा दिने किन ?

यदि रेसम चौधरी दोषी होईन भने उक्त हत्याकाण्ड को दोषि को हो ? राष्ट्रको सुरक्षाको जिम्मा लिएकाहरु र निर्दोष नागरिकको यसरी निर्ममतापूर्वक हत्याकाण्ड का मुख्य नाईके किन अहिले सम्म बचि रहेका छन ? कसले बचाई रहेको छ उनीहरुलाई ? किन तीनै तहका अदालतले रेसम चौधरीलाई नै दोषि ठहर गर्यो ? एउटाले गल्ति गरे पनि सबै तहबाट यो खालको गल्ति सम्भव हुन सक्छ र ? यस्को अर्थ हो कि उक्त हत्याकाण्ड को अपराधी रेसम चौधरीनै हो । उनी निर्दौष साबित न भएर आम माफि पाउनुले पनि यो कुराको पुष्टि गर्छ । यसरी प्रमाणित र साबित भै सकेको अपराधिलाई उन्मुक्ति संविधानले पनि दिन न मिल्ने अवस्थामा कसरी राष्ट्रपति जस्तो गरिमामय भूमिकामा बसेको व्याक्तिले गणतन्त्र दिवसको दुरपयोग गरी रिहा गर्न सक्छन् ? संविधान भन्दा बाहिर गएर निर्णय दिन सक्ने शक्ति कस्ले प्रदान ग¥यो राष्ट्रपतिलाई ? सामान्य अपराध, अन्जानमा वा अज्ञानतावस गरेको भुल सुधार गरि नयाँ सुरुआत गर्न एक मौका दिने उदेश्यले गणतन्त्र दिवसमा कैदिहरुलाई सजा माफिको प्रावधानको चरम दुरयोग गर्दै जसरी जनध्य हत्याकाण्डका नाईकेलाई आम माफि दिईयो त्यसले भविष्यमा यस्तै खालका अन्य हत्याकाण्डको पृष्टभूमि तयार पारेको छ । संविधान सर्वोच्च हुनु पर्छ भन्ने दलहरुले आफु जन्य स्वार्थको लागि संविधानको मर्म विपरित गरेको निर्णयले कानुनी अव्यवस्थाको यो घटनाको दूरगामी परिणाम नेपालले सहनु पर्ने छ । सबैलाई चेतना भया ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...