HomeFeatureगरिब तथा असहायहरुकालागि एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र स्थापना

गरिब तथा असहायहरुकालागि एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र स्थापना

काठमाण्डौ, 24 अप्रिल 2021
काठमाडौं उपत्यकाका गरिब तथा असहायहरुको स्वास्थ्य परिक्षणलाई सर्वसुलभ र सस्तो बनाउने उद्देश्यसाथ एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र स्थापना भएको छ । काठमाडौं उपत्यकाका गरिब र असहायहरुको स्वास्थ्य परिक्षणलाई सर्वसुलभ बनाउनको निम्ति काठमाडौंको थापाथलीमा एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । स्वास्थ्य केन्द्रमा दक्ष चिकित्सकहरुद्वारा आँखा, दात, नाक, कान, घाँटी, प्याथोलोजी, स्त्रीरोग, वाल रोल, छाला तथा यौन रोग सम्बन्धी स्वास्थ्य समस्याको अन्य नीजि अस्पताल भन्दा सर्वसुलभ र सस्तोगरी उपचार गरिने एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रका अध्यक्ष डा. सुमन शमशेर थापाले बताउनुभयो । आफुहरुले स्वयमसेवाको रुपमा स्वास्थ्य केन्द्रको स्थापना गरिको भन्दै उहाँले इच्छुक स्वयम्सेवक आएर काम गर्नसक्ने पनि बताउनुभयो ।

२०७२ सालको भूकम्पपछि स्वयमसेवक डाक्टर तथा स्वास्थ्यकर्मीहरुको सक्रियतामा स्थापना भएको एक एक पाइला नामक गैरसरकारी संस्थाले सो स्वास्थ्य केन्द्रको स्थापना गरेको हो । यस संस्थाले भूकम्प प्रभावितहरुलाई शिविर सञ्चालन गरेर शुरु गरेको अभियानलाई बिस्तार गर्दै देशका विभिन्न भू–भागमा स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...