HomeFeatureगहुँको पिठो, मैदा र सुजीको निर्यातमा पनि भारतले लगायो प्रतिबन्ध

गहुँको पिठो, मैदा र सुजीको निर्यातमा पनि भारतले लगायो प्रतिबन्ध

दिल्ली, 7 जुलाई 2022

दुई महिनाअघि गहुँ निर्यातमा रोक लगाएको भारतले अब गहुँको पिठो र गहुँको अरु उत्पादन निर्यातमा समेत प्रतिबन्ध घोषणा गरेको छ । निर्यातकर्ताले गहुँ निर्यात गर्न हाल अन्तरमन्त्रालय समितिको अनुमति लिएर मात्रै ढुवानी पक्रिया अघि बढाउन पाइरहेका छन् । विदेश व्यापार महानिर्देशनालयले बुधबार जारी गरेको सूचनाअनुसार आउने मंगलबार (असार २८) देखि आटा, मैदा, सुजी लगायत गहुँका उत्पादनमा प्रतिबन्ध लगाइनेछ । मालबाहक जहाजमा लोड गरिसकेका वा भन्सारमा बुझाइसकिएका उत्पादनलाई भने रोकतोक नहुने बताइएको छ । भारतले वैशाख ३० मा गहुँको निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको थियो । त्यसयता भारतमा गहुँको पिठोको मूल्य केही कम भए पनि हाल पिठो निर्यातसमेत रोकिएको छ । छिटो पैसा कमाउने दाउमा रहेका व्यापारीले गहुँको सट्टा गहुँको पिठोको असामान्य मात्रामा निर्यात नगरुन् भनेर सरकारले गहुँका उत्पादनको समेत निर्यात रोकेको भारतीय सञ्चार माध्यमले जनाएको छ। भारतले अप्रैलमा मात्रै करिब ९६ हजार टन गहुँको पिठो निर्यात गरेको थियो । गत वर्ष यही महिनामा २६ हजार टन मात्रै निर्यात भएको थियो । भारत सरकारले आफ्नो देशको समग्र खाद्य सुरक्षा व्यवस्थापनको लागि र छिमेकी तथा जोखिमयुक्त देशहरूलाई सहयोग गर्न गहुँ निर्यातलाई ‘प्रतिबन्धात्मक’ कोटामा राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...