पर्सा, २८ फरवरी, २०२०
भारतीय नागरिक लागु औषध गाँजासहित पर्सामा तीन जना पक्राउ परेका छन् ।
चितवनको नारायणघाटमा गाँजा खरिदगरी भारततर्फ लैजाँने क्रममा उनीहरुलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा विहारको छपरा ग्राम महुली–२ थाना तरैयाका ३५ वर्षीय दिनेश सहनी, २७ वर्षीय मिथलेश सहनी र ३३ वर्षीय अजय सहनी रहेका छन् । उनीहरुको साथबाट ६ किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
प्लास्टिकमा पोको पारेर पेटमा डोरीले बाँधेर वीरगञ्ज १६ शंकराचार्य गेटनजिकै सडकमा पैदल हिँडिरहेका अवस्थामा उानहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।









































