नयाँदिल्ली,३० जनवरी
पूर्व प्रेमी तथा चर्चित पप गायक जस्टिन बीबरसँग सम्बन्धमा रहँदा अमेरिकी गायिका सेलेना गोमेजले शोषणको सिकार भएको खुलासा गरेकी छिन् ।
उनले बीबरसँग सम्बन्धमा रहँदा गोमेजलाई ‘भावनात्म शोषण’ गरेको बताएकी हुन् । सीएनएन डट कमको एक रिपोर्टको अनुसार पोर्टल एनपीआरसँगको साक्षात्कारमा गोमेजले बीबरसँगको सम्बन्धमा भएको खटपट र २०१८ मार्चमा उनीसँगको ब्रेकअपको बारेमा चर्चा गरेकी थिइन् ।
उनले भनिन् , एकजना पीडित मानसिकतालाई लिएर हिँडिरहनु निकै खतरनाक हुन्छ । मलाई त्यही कुराबाट हिम्मत जुटेको थियो र अपमानित भएको महसुस नगरी भन्न चाहान्छु कि म दुर्व्यवहारको सिकार भएकी थिए ।