HomeFeatureगुजरातमा प्रवासी नेपाली संघ भारत वापी नगर समितिले मनायो ११० औं अन्तर्राष्ट्रिय...

गुजरातमा प्रवासी नेपाली संघ भारत वापी नगर समितिले मनायो ११० औं अन्तर्राष्ट्रिय नारी दिवस

गुजरात, 9 मार्च, टंक दाहाल
गुजरातमा प्रवासी नेपाली संघ भारत वापी नगर समितिको आयोजनामा आइतवार ११० औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ। बिना काउछाले अध्यक्षता गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय महासचिव डम्बर रावल रहनुभएको थियो । महान शहीदहरु प्रति १ मिनेटको मौन धारण र त्यसपछि राष्ट्रीय गानका गाएर शुरु गरिएको कार्यक्रममा प्रमुख अतिथि डम्बर रावलले महिलाहरुको हक अधिकारका लागि प्रवासी नेपाली संघ भारत लागी पर्ने र महिलाहरुको मिहनत र योग्यताका कारण आज महिलाहरु विश्वभरिनै उच्च पदमा रहेको बताउनुभयो । उहाँले अहिले नारी-पुरुष बीचको असमानता हट्दै गएको र महिलाहरु पनि विभिन्न स्थानहरुमा नेतृत्व गर्ने स्थानसम्म पुगिरहेको बताउनुभयो ।

उर्मिला रावलले सञ्चालन गरेको कार्यक्रममा मान बहादुर रावलले स्वागत भाषण गर्नु भएको थियो । वापी (पश्चिम) कृष्ण कुँवरको विशेष अतिथ्यता रहेको कार्यक्रममा महाराष्ट्र गुजरात संयुक्त राज्य समिति सदस्यहरु हरि महर, कमल धामीका साथै महिला अतिथिहरु बिमला खत्री, दिब्या जोशी, लक्ष्मी कुँवर, लता रैकाल, पवन खड्का उपस्थित हुनुहुन्थ्यो । नगर समितिका अतिथिहरु मदन बिक , तेज रैकाल , निखिल रावत, देवराज जोशी, हरि सिंह काउछा, देबेन्द्र रावल, शेर बहादुर कुँवर, राम बोहरा रहेका थिए। कार्यक्रममा कुर्सी खेलसँगै देउडा खेलेर कार्यक्रमको समापन गरिएको थियो । कार्यक्रममा महिला दिदि बहिनीहरुका लागी खाजाको पनि ब्यबस्था गरिएको थियो ।
पत्रकार टंक दाहाल सहित निष्पक्ष जनसंसारका राजभान सिंह लगायत पनि कार्यक्रममा उपस्थित रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...