Northeast Super News 02: मङ्गलबार ०२ जून २०२०
सुबास छेत्री, खरसाङ

खरसाङ अन्तर्गत लंगभ्यू-पंखाबारी अम्बटे समष्टि गोजमुमोको आयोजनमा संक्रमणबाट बाँच्न जागरुक कार्यक्रम सञ्चालन गरिएको छ । समष्टि गोजमुमो अध्यक्ष प्रणाम रसाइलीको नेतृत्वमा पंखाबारी हेल्थ सुपरभाईजर निमा डोमा लामा अनि आशा स्वास्थ्य कर्मी समूहका सबै सदस्यहरूलाई लिएर जागरुक कार्यक्रम सञ्चालन गरिएको छ । जुन कार्यक्रम लंगभिउ पंखाबारी दुधिया क्षेत्र का प्रत्येक हेल्थ सेन्टरहरूमा गएर सञ्चालन गरियो। यसै क्रममा पंखाबारी उपस्वास्थ्य केन्द्रमा आशा कर्मचारी हरुको निम्ति पीपीई किट्सहरु प्रदान गरिएको समाचार छ । कोरोना संक्रमणबाट कसरी बाँच्न सकिन्छ अनि यसबाट आफू कसरी सुरक्षित बस्न तथा स्वास्थ्य सम्बन्धी कस्ता उपायहरू अप्नाउन पर्छ ? भन्ने विषयमा जागरुक कार्यक्रम गरिएको छ । दार्जीलिङ अन्तर्गत खरसाङको लंगभ्यू-पंखाबारी अम्बटे समष्टि गोजमुमो अध्यक्ष प्रणाम रसाइली, सचिव ललित प्रधान, बरबोटे बूथ सभापति निश्चल पाखरीनको विशेष उपस्थिति रहेको थियो । जुन कार्यक्रममा पंखाबारी हेल्थ सुपर भाईजर निमा डोमा लामा अनि आशा स्वास्थ्य कर्मी समूहका सबै सदस्यहरू पनि उपस्तित थिए । यी सबैलाई लिएर लंगभिउ पंखाबारी दुधिया क्षेत्रहरुमा यो महामारी रोगको रोकथाम गर्नको निम्ति प्रत्येक हेल्थ सेन्टरहरूमा गएर जागरुक गर्ने कार्यक्रम गरियो । यसै अवधि जीटीएको सहयोगमा प्रणाम रसाइली अनि ललित प्रधानको बाहुलीबाट पंखाबारी उपस्वास्थ्य केन्द्रमा आशा कर्मचारीहरुको निम्ति पीपीई किट्सहरु पनि प्रदान गरिएको समाचार पाइएको छ । यसरी सबै मिलेर काम गरे केही पनि असम्भव नहुँदै रहेछ, राम्रो पनि लाग्दो रहेछ । यो मन्तव्य पंखाबारी हेल्थ सुपर भाईजर निमा डोमा लामाले दिएकी छिन् ।









































