HomeFeature‘गोरखा’मा अक्षयकुमारको बहादुरीको गाथा

‘गोरखा’मा अक्षयकुमारको बहादुरीको गाथा

16 अक्तूबर 2021

 ‘ अभिनेता अक्षय कुमारले आगमी फिल्मको सन्दर्भ खुलाउँदै सामाजिक सञ्जाल मार्फत लेखे, ‘गोरखा’ महान युद्ध नायक मेजर जनरल इयान कार्डोजोको जीवनमा आधारित एक यस्तै फिल्म हो ।’पछिल्लो समय बलिउड ‘देशभक्तीको गाथा’ गाइरहेका छन् । यसको शीर्ष दौडमा छन्, अभिनेता अक्षयकुमारले । उनको झुकाव ‘मेरा भारत महान्’ शैलीका सिनेमामा बढी देखिन्छ । यी ‘खिलाडी ब्वाई’को पछिल्लो उद्घोषले नेपाली समुदायको कान पनि ठाडो बनायो। फिल्मको नाम ‘गोरखा’ हो । यो नाम नेपालीहरुको बहादुरीको कथासँग जोडिएको छ । त्यसो त भारतमा नेपालीलाई ‘बहादुर’ भनी हेय दृष्टिले पनि हेर्ने गरिन्छ । तर, ‘गोरखा’ले नेपालीलाई सूरबीर र सम्मानित रुपमा बुझाउँछ । अक्षयकुमारले ‘गोरखा’को फस्र्ट लुक सार्वजनिक गर्दै सामाजिक संजाल मार्फत यसमा जोडिन पाएको खुसी व्यक्त गरे। फस्र्ट लुकमा खुकुरी बोकेका एक जंगी सैनिकको रुपमा उनलाई देख्न सकिन्छ । यस फिल्मले गोरखाको नभई  भारतिय सेनाका मेजर जनरल इयान कार्डोजोको गुणगान गाउनेछ । उनी भारतिय सेनाका गोरखा रेजिमेन्ट (पाँचौ गोरखा राइफल्स)बाट युद्ध लडेका थिए । उनले सन् १९६२, १९६५ को युद्ध र सन् १९७१ को भारत–पाकिस्तान युद्ध लडेका थिए । उनको एउटा खुट्टा युद्धको क्रममा क्षतविक्षत भएको थियो । त्यसको तत्काल उपचार संभव नहुँदा उनले आफ्नै खुट्टा काटेर अलग गरेका थिए । सञ्जय पूरन सिंह चौहानले यो फिल्म निर्देशन गर्नेछन् । चौहान भारतका राष्ट्रिय पुरस्कार विजेता निर्देशक हुन् । चौहानले यसअघि ‘चन्दा मामा दूर के’, ‘लाहौर’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...