HomeFeatureगोर्खाल्याण्डको स्थायी राजनीतिक समाधानबारे त्रीपक्षीय वार्ता हुने, ABGL अध्यक्षले तोडे आमरण अनशन

गोर्खाल्याण्डको स्थायी राजनीतिक समाधानबारे त्रीपक्षीय वार्ता हुने, ABGL अध्यक्षले तोडे आमरण अनशन

दार्जीलिङ, 6 अगस्त, कयेश अंसारी

दार्जलिंगका सांसद राजु बिष्टले आज दिल्लीमा पत्रकार सम्मेलन गर्दै आगामी सेप्टेम्बर महिनाको दोस्रो साता त्रिपक्षीय वार्ता हुने बताएपछि दार्जीलिङमा आमरण अनशनरत अल भारतीय गोर्खा लीगका अध्यक्ष एसपी शर्माले अनशन तोड़नु भएको छ। दार्जलिंगका सांसद राजु बिष्टले अढाई वर्ष सम्म गोर्खाल्याण्डको मागमा के काम गरे त्यसको जवाफ दिनु पर्ने माग गर्दै एबीजीएलका अध्यक्ष एसपी शर्मा पछिल्लो 6 दिनदेखि आमरण अनशनमा बस्नु भएको थियो । साथै शर्माले संसदको जारी मानसून सत्रमा गोर्खाल्याण्डको विषयमा स्थायी राजनीतिक समाधानको विषय उठाउन माग गर्दै यदि त्यसो नगरे पदबाट राजीनामा दिन समेत माग गर्रेनुभएको थियो।

शर्माको आमरण अनसनलाई पहाड़का विभिन्न राजनीतिक दलले समर्थन जनाएका थिए। आमरण अनशनको पाँच दिन सम्म सांसद राजु बिष्टले कुनै प्रतिक्रिया नदिएका कारण शर्माको स्वास्थ्य अवस्था निकै बिग्रिएको थियो। तर सासंद राजु विष्टले पीआईबी मार्फत त्रिपक्षीय वार्ता हुने जानकारी दिदै 12 अगस्तमा त्रिपक्षीय  बैठकमा सहभागी हुन राज्य सरकार र दार्जीलिङ पहाडका विभिन्न राजनितीक दललाई गृहमन्त्री मार्फत पत्र पठाईने घोषणा गर्नुभएको छ । गोर्खाल्याण्डको  स्थायी राजनीतिक समाधानको विषयमा दिल्लीमा त्रिपक्षीय छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...