दार्जिलिङ, 7 मार्च 2020/ सन्जय निरौला
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) दार्जिलिङ शाखाको सांगठनिक सभा गोरामुमो केन्द्रीय कार्यलयमा सम्पन्न भएको छ। मुल सचिव सन्दिप लिम्बुले संचालन गर्नुभएको सभाको अध्यक्षतामा दार्जिलीङ शाखा अध्यक्ष अजय एड्वर्डले गर्नुभएको थियो। गोरामुमो केन्द्रीय समिति सदस्यहरुको विशेष उपस्तिथिमा बसेको सांगठनिक सभामा केन्द्रीय सदस्यहरु एम. जे. सुब्बा, बिरेन लामा, वाई लामा, हिमालयन प्लान्टेसन वर्कस युनियनका कार्यकारिणी अध्यक्ष डि. के. गुरुङ, महासचिव एस. के. लामा, सचिव धिरज राईलगायत दार्जिलीङ शाखाअन्तर्गत 13 वटा समष्टिका प्रतिनिधिहरूको उपस्थित रहेको थियो।









































