HomeFeatureगोर्खा सेनाको योगदान भारतप्रती अतुलनीय छः भारतीय मन्त्री मुण्डा

गोर्खा सेनाको योगदान भारतप्रती अतुलनीय छः भारतीय मन्त्री मुण्डा

नयाँ दिल्ली, 24 फरवरी 2020

भारतका केन्द्रीय आदिवासी मामिलामन्त्री अर्जुन मुण्डाले गोर्खा सेनाको योगदान भारतप्रती अतुलनीय रहेको बताउनु भएको छ। कानुङ लाङ्घाली समाज दिल्लीले आइतबार दिल्लीमा आयोजना गरेको मगर महोत्सव समारोहमा बोल्दै मन्त्री मुण्डाले आफु झारखण्डको मुख्यमन्त्री रहेका बेलादेखी नेपाल र नेपालीहरुसित परिचित रहेको भन्दै गोर्खा फौजको समर्पणको प्रसंशा गर्नुभएको हो। नेपाल-भारतबिच पारम्परिक, भाषिक, सांस्कृतिक र भावनात्मक अटुट सम्बन्ध रहेको भन्दै नेपालको जनजाति समाजलाई यस वैज्ञानिक युगमा समयसँगै अगाडी बढाउन भारत सरकार सँधै तयार रहने विश्वास व्यक्त गर्नुभयो।

मगर समाज स्वाभिमानी , सांस्कृतिक धरोहर भएको र लडाकु समाज भएको भन्दै अंग्रेजसँगको लडाई होस वा अन्य लडाईहरुमा मगर समाजले उत्कृष्ट योगदान दिएको सुन्न पाउँदा आफुलाई गर्व लागेको बताउनु भयो। आदिवासी जनजातिहरुको विशेषता बताउँदै उहाँले आदिवासीहरुमा पहाडको गुंजयलाई सुन्न सक्ने क्षमता हुने बताउनुभयो।

उहाँले हामीले हाम्रो परम्परामा हमला गर्ने तत्वहरुबाट सतर्क रहनुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले आफुहरु राजनितिक रुपमा भारतको र तपाईहरु (मगर) नेपालको भएपनी आखिरमा हामी सबै आदिवासी एकै भएको भन्नुभयो।

कार्यक्रममा मन्त्री मुण्डालाई मगर पहिरन र ढाका टोपी पहिराइएको थियो भने खुकुरी प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...