दिल्ली, 19 मई 2022
मध्यपश्चिम नेपाली युवा समाज, गोवा राज्य समितिले, खुल्ला भलिबल प्रतियोगिता सम्पन्न गरेको छ। 17 मईका दिन समाज का अध्यक्ष, डम्बर सिङ्ग खत्रीको नेतृत्वमा सन्चालन गरिएको भलिबल प्रतियोगितामा वास्को टिमले, प्रथम स्थान हासिल गर्दै, विजय प्राप्त गरेको थियो। नेशनल लाईभ टिभीलाई गोवाबाट, हाम्रा सहयोगी लोकेन्द्र शेर्पालीले दिएको जानकारी अनुसार द्वितीयमा आयोजक टिम र तृतियमा आसगाउ टिम रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रगतिशील नेपाली समाज समिति भारतका केन्द्रीय अध्यक्ष लोकेन्द्र सेर्पाली र विशेष अथितिहरुमा संयुक्त गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापा, प्रगतिशील साहित्य समाज भारतका अध्यक्ष, पुरन बियोग लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन कलाकार प्रिति स्वर्णकार र अन्य उप-स्थितिहरुमा लोकगायक प्रकाश बिसी, भगवती बागेश्वरी, ट्राभल गोवाका अध्यक्ष प्रेम सेर्पाली, साइ ममता ट्राभल गोवा समिति सदस्य दिपिका केसी, सचिब टिकाजङ ओलि, उपाध्यक्ष-तिलक पुन, सहसचिब-नन्दराम खड्का, कोषाध्यक्ष-प्रेम ओलि, सदस्य तिलक ओलि, रमेश पुन र रबिन्द्र खड्का लगायतको प्रमुख सहयोगमा प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको थियो।









































