HomeFeatureगोवामा नेपाली नागरिकको मृत्यु

गोवामा नेपाली नागरिकको मृत्यु

दिल्ली, 23 मार्च 2022

 भीषण दुर्घटनामा परि गोवामा एक नेपालीको मृत्यु भएको छ। नेशनल लाईभ टिभीलाई गोवाबाट लोकेन्द्र शेर्पालीले दिएको जानकारी अनुसार रोजगारीको सिलसिलामा भारतको गोवामा बस्दै आएका  रुकुम त्रिवेणी गाउँपालिका वाडा नं ८ का  ४३ वर्षीय तप्तबहादुर रावलको गाडीको ठक्करबाट  मृत्यु भएको हो । मार्च २१ तारिखको बिहान गोवाको प्रभोरिम मेजिक्टिस होटेल नजिकैको  ठाउँमा ड्यूटी सकेर घरफर्कने क्रममा उक्त घटना भएको हो । विपरीत दिशाबाट आएको आएको गाडीले ठक्कर दिदा निजको घटनास्थलमै मृत्यु भएको मृतकका छिमेकी गणेश चन्दले बताएका छन् । घटना बिहानको ६ :३० बजेको विचमा  भएको भन्ने छ । उक्त घटनाका दोषीबारे गोवा प्रहरीले अनुसन्धान गरि रहेको संयुुक्त  गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापाले बताएका छन् ।  यद्यपि गाडीले ठक्कर दिने व्यक्तिलाइ गोवा पुलिसले अहिलेसम्म पत्तालगाउन सकिरहेको छैन । मृतक तप्त बाहादुर दुई छोरा र दुई छोरी रहेका छन। उनी जिडिसि सेक्युरिटी कम्पनिमा कार्यरत थिए । उनको अन्त्येष्टि गोवामा रहेका नेपालीहरुको बाक्लो उपस्थितिमा गरिएको छ । मृतक तप्तबाहादुरको परिवारलाई त्यहाँ उपस्थिति नेपालीहरुले रु ७०,००० नकद आर्थिक सहयोग गरेका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...