काठमाडौं, 27 जनवरी 2022
काठमाडौंमा एक दम्पत्तिको मृत्यु भएको छ। घरभित्र आगो बालेर सुतेका दम्पत्तिको निस्सासिएर मृत्यु भएको हो। काठमाडौंको शंखरापुर नगरपालिका–३, बोझेनीमा बुधबार राति ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षिया फुलमाया थिङ मृतावस्थामा भेटिएका हुन्। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार थिङ दम्पती आफू बसेको घरको कोठामै मृत अवस्थामा फेला परेको हो । कोइला बालेर घरमै सुतेका उनीहरू बिहान मृत भेटिएका हुन्।









































