नयाँदिल्ली, ६ मार्च, २०२०
कोरोना भाइरसको त्रासपछि विश्वप्रसिद्ध प्रविधि कम्पनी फेसबुक र गुगलले अमेरिकास्थित सान फ्रान्सिस्को शहरका आफ्ना कर्मचारीलाई घरैबाट काम गर्न निर्देशन दिएको छ ।
बिहीबार फेसबुक र गुगलले घरैबाट काम गर्न निर्देशन दिएको रोयटर्सले जनाएको छ । ट्वीटरले यसअघि नै आफ्ना कर्मचारीलाई घरबाट काम गर्न निर्देशन दिइसकेको थियो। हाल अमेरिकामा पनि कोरोनाभाइरसको प्रकोप बढ्दै गएको छ ।









































